काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो ३ बजे संसदीय दलको बैठक बालुवाटारमा बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
प्रमुख सचेतक भट्टराईकाअनुसार बैठकमा प्रधानमन्त्री अोलीले सांसदलाई पछिल्लो राजनीतिक घटनाक्रम र आगामी चुनावका लागि विकास निर्माणका काममा केन्द्रीत हुन निर्देशन दिनेछन् ।
शुक्रबार नै एमाले माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहान ११ बजे कलंकीकाे एक पार्टी प्यालेसमा बैठक बाेलाएकाे हाे । बैठकमा पार्टीकाे विवादका विषयमा छलफल हुने बताइएकाे छ ।




प्रतिक्रिया