काठमाण्डु – काठमाण्डु उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित अभिमुखिकरणबाट प्रशिक्षित क्याडेटहरुलाई परिचालन गरिएको छ ।
काठमाण्डुको बढी भीडभाड हुने स्थानमा यातायातका साधन सहजरुपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रशिक्षित क्याडेटहरुलाई स्वयंसेवकका रुपमा परिचालन गरिएकाे हाे ।
चैत्र १० गतेबाट काठमाण्डु र भक्तपुर जिल्लाका विभिन्न स्थानहरुमा बिहान ८ बजेबाट १० बजेसम्म र बेलुका ३:३० बजेबाट ६ :३० बजेसम्म २ सिफ्टमा परिचालन भईरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।
राष्ट्रिय सेवा दल मुख्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यालयमा चैत्र ८ र ९ गते नेश्नल एनसीसी अल्यूमिनि एसोसिएसन नेपालका ५० जना पूर्व दीक्षित क्याडेटहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा दुई दिने ट्राफिक अभिमुखिकरण सम्बन्धी कक्षा संचालन गरिएको थियो ।
राष्ट्रिय सेवा दलले प्रशिक्षित एनसीसी क्याडेटहरुको सहभागितामा विभिन्न मानविय सेवा तथा विपदको समयमा स्वयं सेवकको रुपमा परिचालन भई जनचेतनामूलक तथा सामाजिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।




प्रतिक्रिया