रेशम चौधरीको रिहाईको माग गर्दै गृहमन्त्री थापा धर्नामा

रेशम चौधरीको रिहाईको माग गर्दै गृहमन्त्री थापा धर्नामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  गृहमन्त्री थापा रामबहादुर थापा बादल रेशम चौधरीको रिहाइको माग गर्दै धर्ना बसेका छन् । चौधरीको रिहाईको माग गर्दै बसेको विरोध धर्ना कार्यक्रममा सहभागी हुन गृहमन्त्री थापा माइतीघर मण्डला पुगेका हुन् ।

२०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै थारु अगुवाहरुले आइतबारदेखि धर्ना दिएका हुन् ।

२०७२ सालमा प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो ।

सो घटनामा सांसद रेशम चौधरी दोषी ठहर भई हाल जेलमा छन् । अन्य थारु अगुवाहरु पनि कोही जेलमा छन् भने कोही फरार रहेका छन् ।