काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा गुटगत प्रवृति बढ्न नदिने स्पष्ट पारेका छन् । शुक्रबार एमाले संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले पार्टीभित्र गुटबन्दी हटाउने दाबी गरे ।
‘एमालेमा कुनै पनि हालतमा गुट चल्दैन । पार्टीलाई विधि र पद्धतिअनुसार अघि बढाइन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘केन्द्रीय समितिको फागुन २८ गतेका र चैत ५ र ७ गतेको निर्णयबाट पछाडि फर्कन सकिँदैन । केही साथीहरु बैठकमा नआएका कारण छुट्नु भएको हो, निर्णय विधिसम्मत नै हो ।’
उनले झलनाथ खनालले विधान संशोधन गर्न माग गरेको विषयमा संशोधित विधान केन्द्रीय समितिबाट पारित भइसकेका कारण तत्काल तलमाथि गर्न नसकिने बताएका थिए ।
‘प्रधानमन्त्री ओलीले संसदीय दलको विधान केन्द्रीय समितिले पास गरिसकेका कारण तत्काल तलमाथि गर्न सकिँदैन,’ प्रधानमन्त्री ओलीले भने ।




प्रतिक्रिया