संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । संसदले बिजनेश दिन नसकेको भन्दै हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो ।

शुक्रबार बसेको नेकपा एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशन अन्त्य गर्ने बताएका हुन् ।

मुख्य सचेतक विशाल भट्टराईले वैशाखबाट वर्खे अधिवेशन सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । सरकारले आगामी जेठ १५ गतेभित्र बजेट ल्याइसक्नुपर्नेछ ।

‘आजको बैठकमा प्रधानमन्त्रीले केही समयपछि चालु संसद् अन्त्य बताउनुभएको छ । जेठ १५ मा बजेट ल्याइस्क्नुपर्ने भएकाले चाँडै संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी छ’, उनले भने ।

प्रतिनिधिसभाको अर्को बैठक १८ गतेका लागि बोलाइएको छ ।