संघीय संसदलाई जीवन्त बनाएरै छाड्छुः सभामुख सापकोटा

संघीय संसदलाई जीवन्त बनाएरै छाड्छुः सभामुख सापकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्नि सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई अद्घाटन गर्दै सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउँन शीर्ष नेताहरुसँग आफूले निरन्तर संवाद गरिरहेको बताएका हुन् ।

प्रधानमन्त्रीले संसद विघटन गरेको पुष ५ देखि सर्वाेच्चले संसद ब्यूँताएको फागुन ११ सम्म विश्व विद्यालयमा जस्तो सिकाईको अवस्था रहेको सापकोटाले बताए ।

‘निकै उतारचढाव र महान बहसपछि यहाँ आइपुगेका छौँ । समुन्द्र मन्थल भयो, अब संसदले गति लिएको छ, सही दिशामा अघि बढेको छ’, उनले भने, ‘तर बहस अझै सकिएको छैन ।’

‘संसदलाई जीवन्त र जनमुखी बनाएर छाड्छौँ । त्यसमा हामी प्रतिवद्ध छौँ,’ उनले भने ।