भारतीय सेनाले नेपाली सेनालाई पठायो एक लाख डोज कोरोना भाइरसविरुद्धको खोप

भारतीय सेनाले नेपाली सेनालाई पठायो एक लाख डोज कोरोना भाइरसविरुद्धको खोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय सेनाले नेपाली सेनालाई कोरोना भाइरसविरुद्धको खोप सहयोग प्रदान गरेको छ । भारतिय सेनाले एक लाख डोज भाइरसविरुद्धको खोप नेपाली सेनालाई आईतबार उपलब्ध गराएको हो । भारतीय सेनाले दिएको खोप एयर इण्डियाको विमानमार्फत आईतबार सांझ काठमाण्डु आईपुगेको छ ।

चीनले प्रदान गर्न लागेको ८ लाख डोज खोप सोमबार काठमाण्डु आउनुअघि नै भारतीय सेनाले नेपाली सेनालाई खोप सहयोग गरेको हो । चीनबाट पनि ८ लाख डोज खोप सोमबार नेपाल आउंदैछ ।