इतिहासकै शक्तिशाली कम्युनिस्ट पार्टी गठन

इतिहासकै शक्तिशाली कम्युनिस्ट पार्टी गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साढे सात महिनादेखिको एकता प्रयासलाई निष्कर्षमा पु¥याउँदै दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रले बिहीबार नेपाल कम्युनिस्ट पार्टी गठन गरेका छन्। ६९ वर्षको टुटफुटको कम्युनिस्ट आन्दोलनको इतिहास ‘ब्रेक’ गर्दै जनमतका आधारमा इतिहासकै बलियो पार्टी गठन भएको छ।

एकतासँगै शीर्ष नेताहरूले देशमा स्थिरता र समृद्धिका लागि नयाँ अध्याय सुरु भएको बताएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं। राष्ट्रिय सभागृहमा भएको एकता घोषणासभामा नेकपाका सहअध्यक्षद्वय केपी ओली र प्रचण्डले शान्ति, स्थिरता र समृद्धिका लागि कम्युनिस्ट आन्दोलन अब नयाँ इतिहास रच्दै अघि बढेको घोषणा गरे।

तत्कालीन महासचिव पुष्पलालको नेतृत्वमा स्थापित नेपाल कम्युनिस्ट पार्टी पुनस्र्थापित गरेर उनको सपना पूरा गरेको दुवै नेताको भनाइ थियो। गत १७ असोजमा पार्टी एकता र चुनावी तालमेलका लागि भएको ६ बुँदे सहमतिलाई ७ फागुनमा सातबुँदे सहमतिमार्फत थप मूर्त रूप दिँदै उनीहरूले एकतालाई निष्कर्षमा पु¥याएका हुन्।

पार्टी एकीकरण भएको खुसियालीमा बिहीबार राति प्रधानमन्त्रीनिवास बालुवाटारमा दीपावली गर्नुका साथै रात्रिभोज दिइएको छ।दुई पार्टीका नेता–कार्यकर्तासहित करिब दुई सयजना भोजमा सहभागी भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार भोजको खर्च सरकारी रकमबाट तिरिनेछैन।

दुई पार्टीले स्वामित्व लिनेछन्। ‘खर्चको विवरण अहिले भन्न सकिन्न, तर यो खर्च सरकारी ढुकुटीबाट तिरिन्न । दुवै पार्टीले स्वामित्व लिन्छन्,’ उनले भने ।