काठमाडौं – एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ। बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै, पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन्।
माओवादी केन्द्रको चलअचल सम्पत्तिको यकिन तथ्यांक छैन । तैपनि, करिब एक अर्बको सम्पत्तिको अनुमान रहेको आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीय कार्यालयका दुईवटा भवन छन् । त्यहाँको ५६ आना जग्गा अखिल नेपाल ट्रेड युनियनको नाममा छ । धेरै जिल्लामा आफ्नै जग्गा र भवन पनि छ ।
दुवै पार्टीको स्वामित्वमा रहेको चलअचल सम्पत्ति अब नेपाल कम्युनिस्ट पार्टीको स्वामित्वमा आउने नेताहरूले बताएका छन् ।




प्रतिक्रिया