काठमाडौं – सिन्डिकेट अन्त्य गर्न भएका कानुनको कार्यान्वयन गरी सर्वत्र प्रशंसा बटुलेका यातायात व्यवस्था विभाग महानिर्देशक रूपनारायण भट्टराईलाई हटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ नै लागिपरेका छन्।
मन्त्री महासेठ सिन्डिकेटधारी यातायात व्यवसायीबाट प्रभावित भएर यस्तो निर्णय गर्ने अवस्थामा पुगेको मन्त्रालय स्रोतलाई उधृत गर्दै आजको कारोबार दैनिकले खबर छापेको छ।
मन्त्री महासेठले बुधबार राति विभागका महानिर्देशक भट्टटराईलाई मन्त्रालय तान्ने निर्णय गरे पनि कर्मचारीको असहयोगका कारण पत्र भने थमाउन सकेका छैनन्।




प्रतिक्रिया