जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर- १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-१५ खुमल्टारस्थित गेष्ट हाउस बस्ने जुम्ला पाटारासी गाउँपालिका-६ घोडासिंह घर भएका १९ वर्षीय धिरेन्द्र रोकाया र कैलाली गौरीगंगा गाउँपालिका-८ समारीपुर घर भएका २६ वर्षीय सिताराम चौधरी रहेका छन् ।

उनीहरुले ती किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।