एमाले र जसपाका इन्जिनियरबीच चुनावी गठबन्धन

एमाले र जसपाका इन्जिनियरबीच चुनावी गठबन्धन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमाले र जसपाका इन्जिनियरहरुले आगामी वैशाख २४ मा हुने चुनावमा गठबन्धन गर्ने भएका छन् ।

एमालेका जनसंगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन (पिन) र जसपा समर्थित राष्ट्रिय इन्जिनियर संघबीच इन्जिनियर्स एशोसियसनको निर्वाचनमा संयुक्त गठनबन्धन गर्ने सहमति भएको हो ।

आइतबार एमाले समर्थित पिनका अध्यक्ष शम्भु बहादुर श्रेष्ठ र जसपा समर्थित संघका अध्यक्ष भगवान झाले संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्र तथा प्रदेशहरुमा संयुक्त रुपमा चुनावी तयारी गर्ने जनाएका छन् ।

‘एमालेको जनसंगठन प्रोग्रेसिभ इञ्जिनियरिङ एसोशिएसन नेपाल (पिन) र जसपा समर्थित इन्जिनियरिङहरुको संगठन राष्ट्रिय इन्जिनियर संघबीच एनईएको निर्वाचनका लागि संयुक्त गठनबन्ध निर्माण गर्ने सहमति भएको छ । यसै सहमतिलाई आधार मानि आ–आफ्ना संगठनहरुले केन्द्र तथा प्रदेशहरुमा निर्वाचनको संयुक्त तयारी गर्नैछन्’, सहमतिपत्रमा भनिएको छ ।

नेपाल इन्जिनियर्स एशोसियसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति तथा दोस्रो प्रदेृश कार्यकारिणी समितिको चुनाव वैशाख २४ मा हुँदैछ ।