काठगमाण्डु – प्रहरीले गुडवील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई पक्राउ गरेको छ । झण्डै ८० करोड रुपैयाँ ठगी गरेको आरोपमा उनलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो ।
परिसरमा चैत ५ गते उजुरी परेपछि फरार रहेका गोदावरी ठैबका ४१ वर्षीय श्रेष्ठलाई प्रहरीले हिजो चितवनको भरतपुर १० मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।
उनले विभिन्न व्यक्ति र संस्थालाई चर्को ब्याजको लोभ देखाएर निक्षेप संकलन गर्न लगाएका थिए । उनले हालसम्म ठगी गरेको रकम ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ रहेको पुष्टि भएको छ ।




प्रतिक्रिया