दरबारमार्गस्थित सिल्क फेसनले सातौं वार्षिकोत्सब मनाउँदै

दरबारमार्गस्थित सिल्क फेसनले सातौं वार्षिकोत्सब मनाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दरबारमार्गस्थित सिल्क फेसनले शनिबार सातौं वार्षिकोत्सब मनाउँदैछ । सिल्क फेसनले शनिबार आफ्नो सातौं वार्षिकोत्सब बनाउने भएको हो ।

यस अवसरमा सेलिब्रिटीहरुको जमघटमा फेसन शो समेत गर्न लागिएको सञ्चालक तथा डिजाइनर सृजना पोखरेलले बताइन् । ‘कोरोना महामारीले सबै क्षेत्र अस्तब्यस्त बनाएका बेला आशा, उत्साह जगाउँन विशेष कार्यक्रमको आयोजना गर्न लागेका हौं ।’पोखरेलले भनिन् ।

फेसन फर अलनारा दिएर ७ वर्ष सुरु भएको सिल्क फेसन विशेषगरी गाउन, वानपिस, लेहेंगा, सारीका लागि चर्चित छ । सिल्क फेसनले वार्षिकोत्सबमा बिभिन्न छुटका योजना ल्याएको छ । नेपालका थुपै सेलिब्रिटीहरुलाई सिल्क फेसनले ड्रेस डिजाइन गर्दै आएको छ ।

सिल्क फेसनले वच्चाका लागि पास्नीमा लगाउने ड्रेस, पुरुषहरुका लागि पार्टी वेयर, कोट, सुट पनि तयार गर्छ । एक पटक सेवा लिएकाले यहाँको ड्रेस डिजाइन रुचाउने गरेको फेसन डिजाइनर पोखरेलले बताइन् । वार्षिकोत्सबमा बिक्रि भएको पैसाको केही प्रतिशत सामाजिक सेवामा लगाउँने सञ्चालक पोखरेलले बताएकी छिन् ।