काठमाण्डु – गृह मन्त्रालयले २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलले उनीहरुको सरुवा तथा पदस्थापन गरेका हुन् ।
सरुवा सूचीअनुसार मन्त्रालयमा रहेका नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन् । साथै मन्त्रालयले सात जना सिडिओको पनि सरुवा गरेको छ ।
सहसचिव शिवराज गेलाल बाँके, धर्मेन्द्र मिश्र नवलपरासी पश्चिम, होमप्रसाद लुइँटेल लमजुङ, राजेन्द्रदेव पाण्डे बैतडी, नवराज सापकोटा रोल्पा, सुनिल खनाल डोटी र भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी दिइएको छ ।





प्रतिक्रिया