माओवादी केन्द्रले गृहमन्त्री थापालाई राष्ट्रियसभा सदस्यबाट हटायो

माओवादी केन्द्रले गृहमन्त्री थापालाई राष्ट्रियसभा सदस्यबाट हटायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले दल त्याग गर्दै एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई कारबाही गरेको छ ।

माओवादीले गृहमन्त्री थापालाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गर्ने कारबाही सम्बन्धी पत्र संसद् सचिवालयमा पठाएको हाे । २४ गते तयार पारिएको पत्र आज संसद सचिवालयमा पठाइएको माओवादी नेता दिननाथ शर्माले जानकारी दिए ।

साथै माओवादीले सांसद चन्द्रबहादुर खड्कालाई पनि कारबाही गरेको छ । उनीहरु दुबै जना एमालेमा प्रवेश गरेकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाहीमा परेका हुन् ।

यससँगै बादलको मन्त्री पद पनि तत्कालका लागि गुम्ने भएको छ । गैरसांसदको हैसियतमा उनी फेरि मन्त्री भने हुन सक्छन् । तर, फेरि सांसद हुन कठिन भएकाले ६ महिनासम्म मात्र सांसद हुन पाउनेछन् ।

यसअघि नै माओवादीले कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित लेखराज भट्ट, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट ३ बाट निर्वाचित प्रभु साह र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीलाई कारबाही गरिसकेको छ ।