काठमाण्डु – सर्वोच्च अदालत बार एशोसियशनले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस भएका नहकुल सुवेदीको योग्यता नपुगेको बताएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत बार एशोसियशनले नियुक्ति र छनोट प्रकृया गलत रहेको भन्दै सर्वोच्चको न्यायाधीश हुन सुवेदीको योग्यता नपुगेको जानकारी दिएको हो । बारले उच्च अदालतमा न्यायाधीशको रुपमा कम्तीमा पनि ५ वर्ष काम नगरेको र राजनीतिक रुमा नियुक्ति गरिएको भन्दै आपत्ति जनाएको छ ।
‘जन्म मिति हेरेर न्यायाधीश नियुक्त गर्ने परम्पराको सुरुवात हो, यो गलत छ । यसले नयायपालिका राजनीतिको शिकार बन्ने चिन्ता हुन्छ । सक्षम र इमान्दार व्यक्तिको छनौट हुनुपर्छ भन्ने हाम्रो धारणा हो,’ बारले भनेको छ, ‘संविधानको धारा १२९ (५) मा कानूनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा ५ वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तीको लागि योग्य मानिने छ भन्ने व्यवस्था गरिएको छ ।’





प्रतिक्रिया