काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक सुरु भएको छ । सभापति देउवाले सरकार गठनका विषयमा छलफल गर्न बिहीबार कांग्रेस, माअोवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक बोलाएका थिए ।
बैठक देउवा निवास बुढानिलकण्ठमा सुरु भएको छ । बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवा रामचन्द्र पौडेल, शशांक कोइराला, बिजयकुमार गच्छेदार, विमलेन्द्र निधी र माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र कृष्णबहादुर महरा सहभागी छन् ।
यस्तै जसपाबाट अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बैठकमा सहभागी छन् ।
गत हप्ता कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो । एक हप्तापछि सभापति देउवाले सरकार गठनको प्रक्रिया अघि बढाएका हुन् ।




प्रतिक्रिया