माअ‍ोवादीलाई कांग्रेस र जसपाका नेताले भनेः पहिले सरकारलाई दिएको समर्थन फिर्ता लिनूस्

माअ‍ोवादीलाई कांग्रेस र जसपाका नेताले भनेः पहिले सरकारलाई दिएको समर्थन फिर्ता लिनूस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बिना निष्कर्ष टुंगिएको छ ।

सभापति देउवाले सरकार गठनका विषयमा छलफल गर्न बिहीबार कांग्रेस, माअ‍ोवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक बोलाएका थिए । करिब आधा घण्टा बसेको बैठकमा नेताहरुले माअ‍ोवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने बताएका थिए ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आजको बैठकमा जसपाले पार्टीमा छलफल गर्नका लागि समय माग गरेको र जसपाको निर्णयपछि अर्को बैठक बस्ने जानकारी दिए ।

बैठकमा कांग्रेस र जसपाका नेताहरुले पहिलो सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई आग्रह गरेका थिए । जवाफमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताएका थिए ।

कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा माोवादी केन्द्रले समर्थन जनाएको छ । जसपाले छलफलका लागि थप समय माग गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । उनले चाँडै छलफल गरेर निष्कर्षमा पुग्ने जानकारी दिए ।

‘पहिलो पटक सरकार बनाउने प्रस्ताव भएको छ । यसमा हामीले छलफल गरेका छैनौँ । हाम्रो मुद्दा प्रधानमन्त्रीको पासमा गइसकेको छ,’ उनले भने, ‘छलफलमा मुद्दा सम्बोधन हामी पनि गर्छौँ भन्नु भएको छ । सत्ता साझेदारीको विषयमा छलफल गर्न बाँकी नै छ । कांग्रेसले सरकार बनाउने भनेको छ । तपाईंहरु पनि मिलौँ भन्नु भयो । अब चाहिँ छलफल गर्छौँ । साथमा हाम्रो मुद्दा । कार्यान्वयनमा गइसकेको छ ।’

बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवा रामचन्द्र पौडेल, शशांक कोइराला, बिजयकुमार गच्छेदार, विमलेन्द्र निधी र माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र कृष्णबहादुर महरा सहभागी थिए ।

यस्तै जसपाबाट अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बैठकमा सहभागी थिए ।

गत हप्ता कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो ।