काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश१ लगायत देशका पहाडी भू–भागहरूमा आंशिक बदली भएको छ । दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेकाे छ ।




प्रतिक्रिया