नेपाली राजनीतिमा केपी नामको कालो बादल केहि दिनमै हट्छः प्रचण्ड

नेपाली राजनीतिमा केपी नामको कालो बादल केहि दिनमै हट्छः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको सत्ताशक्ति केही दिनमै सकिएर जाने बताएका छन् ।

शनिबार काठमाण्डुको बबरमहलमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली राजनीतिमा केपी ओली कालो बादलका रुपमा मडारिरहेको बताए ।

उनले आफूहरु नयाँ सरकार गठनका लागि तल्लीन भएकाले ओलीका रुपमा लागेको कालो बादल केही दिनमै हटेर जाने बताए ।

‘संसद्मा रहेका प्रमुख तीन दलको बैठकले पनि अहिले सरकारबाट केपी ओलीको बहिर्गमन आवश्यक रहेको निष्कर्ष निकालेका छौं,’ उनले भने, ‘नेपाली राजनीतिमा ओली कालो बादलका रुपमा मडारिरहेका छन् । मलाई विश्वास छ, केही दिनमै त्यो कालो बादल आफैं हटेर जानेछ ।’

उनले केही दिनमै नयाँ सरकार बन्नेमा आफु आशावादी रहेको बताए । प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली तथा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिने अदालतको फैसलाप्रति आक्रोश समेत व्यक्त गरे ।

केही गरी ओली सरकार अहिले रहिरहने स्थिति आए संसददेखि जिल्ला तहसम्म प्रतिवादमा जाने र कडा आन्दोलनमा जाने प्रचण्डको जिकिर छ ।