सीसीएमसीको बैठक बस्दै, लकडाउनबारे के होला निर्णय ?

सीसीएमसीको बैठक बस्दै, लकडाउनबारे के होला निर्णय ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे बस्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जानकारी दिए । आजको बैठकले कोरोना रोकथाम नियन्त्रणका लागि विशेष निर्णय गर्ने बुझिएको छ ।

कोरोना संक्रमणको दर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीसीएमसीलाई विभिन्न सुझावहरु दिएको छ । २५ जनाभन्दा बढी भेला हुन नपाइने, शैक्षिक संस्थाहरुमा भिडभाड नहुनेगरी पठन पाठन सञ्चालन गर्नुपर्ने, सिनेमा हल लगायत बन्द गर्नुपर्ने भन्दै मन्त्रालयले सिफारिस गरेको छ । आज सोही विषयवस्तुहरुमा केन्द्रित रहेर छलफल हुने बुझिएको छ ।

सीसीएमसीलाई निर्णय गरेर कार्यान्वयन गर्ने अधिकार नभएपनि विभिन्न क्षेत्रबाट आएका सुझाव र प्रस्तावमाथि छलफल गरी आवश्यक सुझाव सहित मन्त्रिपरिषद्मा पठाउने गरिन्छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपनि मात्रै त्यो कार्यान्वयनमा आउँछ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै स्वास्थ्यका विभिन्न मापदण्ड अपनाउन आग्रह गरेको छ ।