माओवादीबाट फुटेका पाँचवटा पार्टी के गर्दैछन्?

माओवादीबाट फुटेका पाँचवटा पार्टी के गर्दैछन्?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाै‌- तत्कालिन एकीकृत माओवादीबाट छुुट्टिएका नेताहरुले पाँचवटा पार्टी गठन गरेका छन्। प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले एमालेसँग एकता गरे पनि माओवादीबाटै फुटेका अन्य पाँचवटा पार्टी भने अस्थित्वमै रहेका खबर आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन्।

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा, डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी अस्थित्वमा छन्।

वैद्यले आफूसँग मन मिल्नेहरुसँग एकताको लागि छलफल चलाईरहेका छन्। उनी कसरी अगाडि वढ्ने अलमलमा देखिन्छन्। विप्लव भने भ्रष्टाचारी र तस्करलाई समाजवाट ‘बहिष्कार’ गर्ने अभियानमा छन्। उनी ‘क्रान्तिको तयारी’ गर्दैछन्।

बाबुराम भने एक वर्षपछि हुने पहिलो महाधिवेशनमा केन्द्रीत भएका छन्। आहुति र गोपाल किराँतीको पार्टीले भने त्यस्तो कुनै नयाँ कार्यक्रम सार्वजनिक गरेको छैन।