काठमाण्डु – नेपाल एशोसिएसन अफ युरोलोजीकल सर्जन (एनएयुएस)को अध्यक्षमा प्रा डा. उत्तम शर्मा निर्वाचित भएका छन् ।
मुत्र प्रणालीसम्बन्धी विशेषज्ञ सर्जनहरुको संस्था एनएसयुएसको उपाध्यक्षमा डा. पारसमणि श्रेष्ठ, महासचिवमा डा. अनिल श्रेष्ठ, कोषाध्यक्षमा डा. भोजराज लुँइटेल निर्वाचित भएका हुन् ।
सदस्यहरुमा डा. सुमन चापागाईं, डा.दिपेशकुमार गुप्ता, डा. कुसल कार्की, डा. अरविन्दकुमार साह र डा. हरीबहादुर केसी निर्वाचित भएका छन् । समितिको कार्यकाल दुई वर्ष रहने छ ।




प्रतिक्रिया