काठमाण्डु – सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
उनले विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने बताए । त्यस्तै मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जना भन्दा बढी सहभागी हुन नपाउने प्रवक्ता गुरुङले जानकारी दिए ।
त्यस्तै सरकारले सार्वजनिक कार्यालय र सवारी साधनमा मास्क अनिवार्य गरेको छ । बैठकले पास गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारी लगायत सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मल, पसलहरुमा मास्क नलगाएकालाई प्रवेश नदिने निर्णय गरेको हो ।
सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रुले मास्क नलगाए १० रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।




प्रतिक्रिया