काठमाण्डु – वि.सं.२०७८ साल बैशाख ०७ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल २० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३० मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउने योग रहेकोछ भने आमा वा आफन्तसँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्यावहार गर्नुहोला समय मध्ययम रहेकोछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाई तथा छिमेकीको साथ नपाइने हुदा मन खिन्न रहनेछ । बिद्यामा गरीएको लगानीबाट सन्तोषजनक नतिजा आउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरीको काम देखि प्रशन्न हुने समय रहेकोछ । शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । चिट्ठा पर्ने अधिक सम्भावना रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कुनै पनि विषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथीभाईहरुसँगै रहेर मिठो खाना खाने तथा रमाईलो गर्ने अवसर जुर्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुःखी हुनेछ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आत्मीय मित्र तथा जीवन साथिको सहयोगले व्यापार व्यावसायमा लगानी गरी आम्दानी गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धी मुलक कामहरु गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो आम्दानी नहुँदा चिताएको काम सम्पादन गर्न सकिने छैन । मायाप्रेममा आफ्नो मायालुसँग दुरी बढ्ने योग रहेकोछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले केहि दिनको लागी पछी सार्नु उपयुक्त हुनेछ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो आउने छैन ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा प्रशस्त समय लगानी गरेपनि आम्दानी थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गाली खाइनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा नचाहँदा नचाहँदै टाडिनु पर्ने बाध्यता हुनेछ ध्यान दिनुहोला । व्यापार व्यावसायमा रुपैया पैसाको व्यावस्थापन गर्न नसक्दा घाटा लाग्न सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिस्पर्धाहरूले तपार्ईँको साख गिराउन खोज्नेछन् । खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धी हासिल हुन मुस्किल रहेकोछ ।




प्रतिक्रिया