काठमाण्डु – पहिलो चरणमा कोरोना खोप लगाएकालाई आजदेखि दोस्रो मात्रा खोप लगाइँदैछ । दोस्रो डोजको खोप अभियान ११ गतेसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई कोभिसिल्ड खोप लगाइएको थियो । पहिलो मात्रा कोभिशिल्ड लगाएकालाई दोस्रो मात्रा पनि सोही खोप दिन पर्ने छ । काठमाण्डु उपत्यकामा खोपको दोस्रो मात्रा लगाउनका लागि ३५ वटा खोप केन्द्र तोकिएका छन् ।
जसमा काठमाण्डुमा १९ ललितपुरमा ११ र भक्तपुरमा ५ वटा खोपकेन्द्र रहेका छन् । माघ १४ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरुले खोप केन्द्रमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सक्ने प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए ।






प्रतिक्रिया