काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुँदैछ ।
बुधबार साँझ भएको भेटवार्ताकै निरन्तरतास्वरुप दुवै नेताबीच आज पनि प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता हुन लागेको हो ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडकाअनुसार ओली र नेपालबीच दिउँसो २ बजे मेरियट होटलमा पुनः छलफल हुन लागेको हो ।
हिजो भएको भेटवार्तामा पार्टी एकतासहित पार्टीभित्र देखा परेका विवादका विषयमा छलफल भएको थियो । उक्त विषयमा सहमति हुन बाँकी रहेकाले आज पनि दुवै नेता छलफलमा जुट्ने तयारी गरेका हुन् ।




प्रतिक्रिया