अस्ट्रेलियालगायत ५ देशका लागि ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य अनिश्चिकालका लागि बन्द

अस्ट्रेलियालगायत ५ देशका लागि ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य अनिश्चिकालका लागि बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य बन्द गरेको छ ।

पछिल्लो समय पुनः कोरोना संक्रमण दर बढ्दै गएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा लागि स्वीकृति पत्र दिने कार्य बन्द गरेको जानकारी दिएको हो ।

केही समययता कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वभरि नै फैलिरहेको छ । यसैलाई मध्यजनर गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिहीबारदेखि अर्को सूचना जारी नभएसम्म स्वीकृतिपत्र नदिइने जानकारी दिएको हो ।

स्वीकृति पत्र प्राप्त गरेर पनि ती पाँच देशमा जान नपाइने हुँदा अहिलेलाई स्थगित गरेको मन्त्रालयका उपसचिव नारायणप्रसाद पोखरेलले जानकारी दिए । विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरूको हकमा भने स्वीकृति पत्र जारी गर्ने कार्य नरोकिने बताइएको छ ।