कोरोनाको फर्जी रिपोर्ट बनाउने सूरिया हेल्थकेयरकोे प्रयोगशाला सञ्चालन अनुमति निलम्बन

कोरोनाको फर्जी रिपोर्ट बनाउने सूरिया हेल्थकेयरकोे प्रयोगशाला सञ्चालन अनुमति निलम्बन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)ले सूरिया हेल्थकेयर प्रालिको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन गरेको छ ।

फर्जी कोभिड–१९ रिपोर्ट जारी गरेको भन्दै सूरिया हेल्थकेयरमाथि महानगरीय अपराध अनुसन्धान महाशाखाले अनुसन्धान गरिरहेको भन्दै एनपिएचएलले सो प्रयोगशालाई निलम्वन गरेको हो ।

सिनामंगलस्थित सुरिया ल्याबले कारोना भाइरस जाँच नै नगरी कोराना संक्रमण नभएको भनेर रिपोर्ट दिने गरेको पाइएपछि मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाले ल्याबमा छापा मारेको थियो ।

एनपिएचएलले बुधबार प्रयोगशाला सञ्चालन अनुमति निलम्बन गरिएको पत्र सुरिया हेल्थकेयरलाई पठाएको छ ।

एनपिएचएलले सुरिया हेल्थ केयरलाई पत्राचार गर्दै कोभिड लगायत अन्य कुनै पनि प्रकारको प्रयोगशाला परीक्षणहरु सञ्चालन नगर्न निर्देशन समेत दिएको छ ।