काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालले धरहराकाे दृश्यावलोकन गरेका छन् । बिहीबार मेरियट होटलबाट प्रधानमन्त्री ओली र नेता नेपालले धरहरा नियालेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली र नेपालले संयुक्त रूपमा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गरेको बताएका छन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै’, उनले भनेका छन् ।




प्रतिक्रिया