ओलीलाई भेटेपछि नेपालको प्रतिक्रिया : अब मिल्ने सम्भावना छैन

ओलीलाई भेटेपछि नेपालको प्रतिक्रिया : अब मिल्ने सम्भावना छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री अ‍ोलीसँगको भेटका क्रममा कुनै पनि सहमति नभएको बताएका छन् ।

बिहीबार मेरियट होटलमा भएको भेटवार्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले वार्ताबाट कुनै निकास ननिस्किएको बताएका हुन् ।

नेता नेपालले प्रधानमन्त्री ओलीसँग मिल्ने सम्भावना नरहेको बताएका छन् । आजको भेटमा तिक्ततापूर्ण वार्ता भएको बताएका छन् ।

‘कुराकानीमा कुनै प्रगति छैन । हिजो केही आशा थियो । अब मिल्ने सम्भावना पनि देखिएको छैन’, उनले भने ।

प्रधानमन्त्री ओली र नेता नेपालबीच करिब डेढ घण्टा कुराकानी भएको थियो । उनीहरुबीच बुधबार साँझ पनि करिब दुई घण्टा वार्ता भएको थियो ।