एमाले केन्द्रिय समितिको बैठक बस्दै, माधव नेपाल समूहमाथि होला त कारबाही ?

एमाले केन्द्रिय समितिको बैठक बस्दै, माधव नेपाल समूहमाथि होला त कारबाही ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रिय समितिको आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान १० बजे बालुवाटारमा केन्द्रिय समितिको आकस्मिक बैठक बोलाएका हुन् । आजको बैठकले संगठन विस्तारसहित माधव नेपाल समूहमाथि थप कारबाहीको सम्भावना रहेको एमालेका एक नेताले बताए ।

यसअघि वैशाख १० गते एमाले महाधिवेशन आयोजक समितिको बैठक बसेको थियो । अघिल्लो पटकको बैठकले कर्णाली प्रदेशका चार प्रदेशसभा सदस्यहरुलाई पदबाट हटाउने निर्णय गरेको थियो ।