काठमाण्डु – दोस्रो लहरको कोरोना भाइरस संक्रमणले विश्वव्यापी महामारीको रूप लिइसकेको छ । नेपालसहित विश्वका अधिकांश देशहरूमा यो भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिइरहेको छ ।
संसारभर सबैलाई यसले आतंकित र सशंकित बनाएको छ । विद्यालय, कलेजहरू, लामो दुरीका सवारी साधन, हवाइ उडानहरु बन्द गरिएका छन् । सर्वसाधारणको हिंडडुल, दैनिकी र दिनचर्या समेत प्रभावित भएको छ । धेरै देशले लकडाउन गरेका छन् । भारतका विभिन्न राज्यमा कर्फ्यू लगाइएको छ ।
कोरोना भाइरस संक्रमण फैलन नदिन नेपाल सरकारले काठमाण्डु उपत्यकामा निषेधाज्ञाको घोषणा गरेको छ । विश्वब्यापी अनुभवले यसमा ब्यक्तिगत सचेतना र अनुशासन ज्याँदै महत्वपूर्ण रहेको देखाएको छ ।
निषेधाज्ञामा घरबाहिर निस्कन नपाएपछि नागरिकहरु घरभित्रै बस्न बाध्य भएका छन् । जन स्वास्थ्यविदहरुले नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपाल महामारीको उच्च जोखिममा रहेको भन्दै हदैसम्मको सतर्कता अपनाउन आग्रह गरेका छन् ।
एक हप्ताका लागि गर्ने भनिएको निषेधाज्ञा सरकारले बढाएर १५ दिन पर्याएको छ । निषेधाज्ञाकाे अवस्था महिना सम्म पनि हुनसक्छ । यस्तो अवस्थामा अभिभावक, विद्यार्थी र बालबालिकाहरु कसरी महिनौँसम्म घरमा बस्ने ? के गरेर समय कटाउने ? यो गम्भीर कुरा बनेर आएको छ ।
होम लकडाउन वा घर भित्रै मात्र बसिरहदा आफूसँग भएको सिर्जनात्मक क्षमताको प्रदर्शन गर्ने र व्यापक अभ्यास गर्ने अवसरको रुपमा प्रयोग गर्न सकिन्छ । धेरैजसो ब्यस्त हुने हँुदा हाम्रो समयले नभ्याएको भित्री अपुरा कामहरु पूरा गर्न सकिन्छ ।
खेल, चित्रकला तथा विविध क्रियाकलापले गरेर बालबालिकामा भएको तनाव, त्रास र मनो–सामाजिक असरलाई न्यूनीकरण तथा निराकरण गर्न सकिन्छ ।
परीक्षा दिने तयारी गरिरहेका विद्यार्थीहरुले आफ्नो पढाइको राम्रो तयारी गर्ने समय अवधिको रुपमा उपयोग गर्न सक्छ्न् । शिक्षकले शिक्षण तयारी र सामग्री निर्माणमा उपयोग गर्न सक्छन् । अभिभावकले आफ्ना नानीहरूलाई पर्याप्त समय दिएर खराव बानी हटाउने र असल बानीको बिकास गराउन यो ञकोरोना समयझ उपयोग गर्न सक्छ्न् ।
बालकलाई कुनै पनि कुरामा फोर्स गर्नु हुन्न । बच्चासँग पनि समय विताउनुपर्छ । बच्चाका लागि समय छुट्याएको अवस्था हो यो । त्यस समय बच्चासँग बच्चा जस्तै बनेर खेल्नुपर्छ । उनीहरुले सोध्ने हरेक प्रश्नको सहि र सरल जबाफ दिनुपर्छ ।
कोरोना भाइरसको बारेमा बैज्ञानिक तरिकाले बुझाईदिनु पर्छ । बच्चालाई राम्रो, असल र प्रेरणादायी कथा सुनाउनु राम्रो हुन्छ । असल मानिस बन्न प्रेरित गर्नुपर्छ । आफूले पनि आफूलाई मनपर्ने काम गरेर समय बिताउनु राम्रो हुन्छ ।
घरमा बसेर यस्ता कार्यहरु गर्न सकिन्छ
चित्र बनाउने:
माटोको होस या कागजको होस जुन बालवालिकालाई मन पर्छ त्यसकै मुर्ती या चित्र बनाउन लगाउने । नजाने सिकाउने । अभिभावकले पनि सगंसगै बनाउने । लामो समय र मेहनत गरेर चित्र बनाउने कलर गर्ने । ब्याख्या गर्ने । मतलव सुझाउने । कागज तथा कपडाको टुक्काको प्रयोग गरि विभिन्न सामाग्रीहरु बनाउने तथा बनाउन लगाउदा राम्रो हुन्छ ।
मन परेको पुस्तक पढ्ने:
यो समय आफूलाई तथा बालबालिकालाई मन परेको पुस्तक पढ्ने तथा पढ्न लगाउनु पर्छ । विश्वप्रसिद्ध आख्यान तथा गैर आख्यानको संकलन र अध्ययन गर्नुपर्छ । बालवालिकाहरुलाई मनपरेका कथा कविता बाल उपन्यास पढ्न दिनुपर्छ ।
र यो समयको भरपुर मनोरञ्जन गर्न दिनुपर्छ । आफूपनि सहभागी हुनुपर्छ । खासगरी भागवत गीता, वेद, रामायण तथा अन्य आध्यात्मिक पुस्तक पढ्ने समय हो यो । अहिले त कोठामै बसेर अनलाईन पढ्न र पढाउन पनि सकिन्छ ।
लेखनकला सिक्ने सिकाउने समय:
लेखनकला सिक्न समय लाग्छ । बालबालिकाहरुलाई लेखनकला सिकाउन सकिन्छ । लेख तथा रचना पढ्न लेख्न लगाउन सकिन्छ । कथा कविता पढ्न तथा लेख्न लगाउने । सिकाउने । शिक्षक तथा अभिभावकले पनि लेख्न सकिन्छ । एसईई परीक्षा दिने विद्यार्थीहरुले प्रश्नउत्तर लेखेर तयारी गर्न सक्छन् ।
घरभित्रै खेल खेल्ने:
अभिभावक र बालवालिका या विद्यार्थी मिलेर घरभित्रै क्यारेमबोर्ड, लुडो, सुडोको, चेस, पजल, बाघचाल, बुद्धिचाल, चेकर, चुङ्गी, मनि गेम, फन्नी गेम खेल्न सकिन्छ । खेल्दा नियम अनुशासन र धैर्यता सिकाउन सकिन्छ । उनीहरुले हार स्वीकार गर्न र जित्ने कला र तरिका सिक्न सक्छ्न् ।
घरायसी काम सिकाउने:
अभिभावकले आफ्ना छोराछोरीहरुलाई आफूसहित लागेर खाना बनाउन सिकाउने । खाना तथा खाजाका परिकार तयार गर्न लगाउने । तरकारी काट्न, भाडा माझ्न, किचेन सफा गर्न सिकाउने । घर सफा गर्न र बेड मिलाउन सिकाउने लगाउने । उनीहरुलाई बेस्ट लागेको होम डेकोरेसन गर्न लगाउने । छ्तमा तरकारी लगाउने । भित्र खेत वारी भए खन्न, बाली लगाउन, तरकारी रोप्न लगाएर समयको लगानी गर्न सकिन्छ । यसरी घरायसी काम सिकाउन सकिन्छ ।
सरसफाइमा ध्यान दिने:
सरसफाइ स्वास्थ्यका हिसावले धेरै महत्त्वपूर्ण कुरा हो । कोरोना भाइरसवाट वच्न बेलाबेला डिटोल साबुनले हात धुन लगाउने । हेण्ड सेनिटाइजरले हात धुने । सिकाउने । हातलाई मुख, आँखामा नलानु भन्ने । सिकाउने । नुहाउन लगाउने । आफ्नो कपडा आफै धुने तथा धुन लगाउने ।
योग, ध्यान र प्राणायम गर्ने:
बालबालिकाहरु र अभिभावकहरु मिलेर खासगरी बिहानको समय योग गर्ने योगमा सवासन, भुजगासन, उतानोपादासन, सूर्यनमस्कार आदि गराउने । खासगरी बिपस्यना ध्यान सिकाउने । गर्न लगाउने । कपालभाति, भास्त्रीका आदि प्रणायमहरु गर्न लगाउने । कोरोना समयको यसरी फाइदा लिन सकिन्छ ।
शारीरिक अभ्यास गर्ने:
दिनभर बसिरहदा शरीरमा रक्तसञ्चार राम्रो हुदैन् तसर्थ शारीरिक ब्यायाम गर्न अनिवार्य छ । सेट अप, पुस अप, जगिङ, जुम्बा डान्स, उफ्रिनु, भित्रै कुद्नु, शरीरका अंग चलाउने तथा तन्काउने अभ्यासहरु गर्नुपर्छ ।
मोटिभेस्नल फिल्म तथा यूट्यूव भिडियो हेर्ने:
हेरेको भिडियो तथा फिल्मले भन्न खोजेको कुरा के हो ? के गर्नु पर्ने रहेछ । कसरी सफल हुन सकिन्छ भन्ने टिप्स र ट्रीक के के हुन् भन्न र लेख्न लगाउने र प्रेरणा लिने ।
सिर्जनशिल कल्पना गर्ने:
अल्वर्ट आइन्स्टाइनले भन्नू भएको छ – ‘ज्ञानभन्दा कल्पना धेर शक्तिशाली हुन्छ ।’ हाम्रो लक्ष्य के हो ? त्यो अनुसार सफल हुँदै गएको कल्पना गर्नुपर्छ । त्यसो हुदा हाम्रो शरीर मन र मस्तिष्कले काम शुरु गर्छ । यो फुर्सदको समयलाई सिर्जनात्मक कल्पनामा लगाउने हो भने सफल हुन सकिन्छ । भनिन्छ, आइनस्टाइन २१ घन्टासम्म लगातार कल्पना गर्थे । हुनपनि बैज्ञानिकहरुलाई आविष्कारका लागि एउटा कोठा नै पर्याप्त हुन्छ । हामीले छट्पटाउनु पर्दैन । प्रयोगशालाबाटै कोरोनाको खोप पनि पत्तालाग्ने हो । कल्पना गर्न एउटा कोठा पर्याप्त हुन्छ तर तरिका चाहिँ सिकाउनु र सावधानी चाहिँ अपनाउनु पर्छ ।
सोच बिचार गर्ने:
म को हो ? म किन आए ? मलाई किन यहाँ ल्याएको हो ? मेरो उद्देश्य के हो ? जीवन के हो ? जस्ता गम्भीर प्रश्नहरुको उत्तर खोजी गर्ने हो भने समय गएको पत्तै हुदैन्।के थाहा यी दार्शनिक प्रश्नको उत्तर मिल्न पनि सक्छ । यहि सहि समय हो किनकी दिमाग शून्य भएको अवस्था छ । या खाली छ । तसर्थ उत्तरको या त सिर्जनाको रोप्ने यो अवसर हुन सक्छ । लागि पर्यौ भने यो सम्भब छ ।
स्पष्ट मानसिक चित्र निर्माण गर्ने:
यो समय तपाई हामी के बन्न चाहान्छौँ त्यसको मानसिक चित्र (खष्कगबष्शिबतष्यल) गर्ने । रुचिको बिषयको मेन्टल म्यापिङ गर्ने । आफूले चाहेको परिणाम प्राप्त गर्नको लागि आत्मसुझाव संगै भावाना, चेतना र कल्पना अभिन्न रुपले साथसाथै हुनुपर्छ त्यसको अभ्यास गर्न र गराउन सकिन्छ ।
जीज्ञाशाको जवाफ दिने:
बालबालिकाले सोधेका प्रश्नको उत्तर राम्ररी बुझ्ने गरि उत्तर दिने । उत्तर दिदा उत्तरमा प्रश्न गरे त्यसको पनि जवाफ दिने । बालकलाई संतुष्ट बनाउने । समय सान्दर्भिक र तार्किक जवाफ दिने ।
गीत संगीत सुन्ने, गाँउने र नाच्ने:
बालबालिका सगै बसेर गित सुन्ने मनपरेको गीत गाउने गर्न सकिन्छ । मादल, गीतार, हारमोनियम, मुरली, बासुरी बजाउन दिने । बजाइदिने । बजाउन सिकाउन सकिन्छ । मन परेको गितमा नाच्न लगाउने । र अरुले ताली बजाउन सकिन्न्छ। वा पालै पालो नाच्न लगाउने र प्रशंसा गर्नुपर्छ । हौसला प्रदान गर्नुपर्छ । यसले कोरोना भाइरस सगँ लडने रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ ।
सकारात्मक हुने:
ढृढ विस्वासि हुने । आत्मबिश्वासी हुने । साहासी हुने । निडर हुने । सतर्कता अपनाउने । हरेकमा कम्प्युटरको न्क्ष्न्इ सिद्धान्त लागू हुने हुदा आफूभित्र असल राख्ने र असलै झिक्ने । मुस्कुराउने । हसाँउने । हाँस्ने । चुटकिला भन्ने भन्न लगाउने । हाँस्ने हसाँउने । स्नेही र मायालु हुने । सकारात्मक ब्यवहार गर्ने । सकारात्मक हुने । बालबालिकालाई पनि सकारात्मक एङगलबाट सोच्ने बनाउने ।




प्रतिक्रिया