काठमाण्डु – गण्डकी प्रदेशसभामा पेस भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावबारे नेपाली कांग्रेसले साझेदारदलहरुसँग छलफल गर्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाईएको सांसद विष्णु प्रसाद लामिछानेले जानकारी दिए ।
यद्यपि बैठक बस्ने स्थानबारे टुङ्गो लागेको छैन । अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सहमति जनाएका सांसद नै हराएपछि बुधबारको प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
अबको रणनीति र सांसद लुकाइएको भनिएको घटनाको सत्य तथ्य बुझ्न आज साझेदार दल नेकपा माओवादी , जनता समाजवादी र जनमोर्चासँग छलफल गर्न लागेको सांसद लामिछानेले जानकारी दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सहमति जनाएको जनमोर्चाका सांसदलाई सत्ता पक्षले लुकाएको विपक्षीको आरोप छ ।
हराएका भनिएका सांसद शाही पोखरामा रहेको चरक अस्पतालको आईसियूमा भर्ना भएका छन् । उनको उपचार जारी रहेको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले सांसद शाहीलाई कोरोना संक्रमण भएर आईसियूमा भर्ना गरिएको बताएको छ । उनलाई कसैसँग पनि भेट्न दिइएको छैन् ।
सांसद हराएपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो । आफ्ना सांसद खिमविक्रम शाहीको जीवनरक्षाको माग गर्दै राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले निवेदन दिएपछि गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।




प्रतिक्रिया