गाेवा – भारतकाे गाेवा राज्यमा एक नेपाली महिला बेपत्ता भएकी छिन् । उनी वैशाख ६ गते गोवाको दोनापाउलबाट बेपत्ता भएकी हुन् । नेपाल घर रुकुम मुसिकोट १३ छिवाङ निवासी काजल वली श्रीमान राजु र आमा बुवाका साथ गोवाको दोनापाउलमा बस्दै आएकी थिइन् ।
उनका श्रीमानले उनको खोजिकार्य गरिदिन संयुुक्त गोवा नेपालका अध्यक्ष प्रकाश थापा र विभिन्न संग संगठनलाई अपिल गरेका छन्, तर बेपत्ता काजल अहिलेसम्म कुनैपनि नेपालीको सम्पर्कमा आएकी छैनन् ।
कुनै नेपालीको सम्पर्कमा आइन् भने बेपत्ता कजलका श्रीमान् राजुले यस माेबाइल नम्बरमा ८०१०१४४०५० सम्पर्क गर्न भनेका छन् ।




प्रतिक्रिया