स्वास्थ्य मन्त्रालयले भन्योः एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्नु

स्वास्थ्य मन्त्रालयले भन्योः एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्नु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन आग्रह गरेका छन् ।

‘कोभिड–१९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौतीहरु थपिँदै जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा सङ्क्रमितलाई अस्पताल पुर्याउन समस्या भइरहेको अवस्था छ’, पत्रमा भनिएको छ, ‘त्यसैले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरु जिल्लाभित्र एकीकृतरूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी १०२ नम्बरको व्यवस्था गरिदिन अनुरोध छ ।’