विमला वलीलाई दलका काममा संलग्न गराउन प्रचण्डको निर्देशन

विमला वलीलाई दलका काममा संलग्न गराउन प्रचण्डको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गरेकी लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीलाई दलका काम कारबाहीमा संलग्न गराउन निर्देशन दिएका छन् ।

उनले  माओवादी प्रवेश गरेकी दाङ क्षेत्र नं ३ (ख)बाट नेकपाको उम्मेदवार भइ निर्वाचित सांसद वलीलाई पार्टी दलको सदस्यता प्रदान गर्न लुम्बिनी संसदीय दलका नेता कुलप्रसाद केसीलाई निर्देशन दिएका छन् ।

उनी नेकपाबाट उम्मेदवार भएर उपनिर्वाचन जितेकाले पार्टी विभाजन भएको अवस्थामा रोज्न पाउने कानुनी व्यवस्था छ । त्यही अनुरुप उनले माओवादी रोजेकी हुन् ।

वलीले पार्टी सदस्यता पाउ भनी दिएको निवेदन अध्यक्ष दप्रचण्डले सदर गरेका हुन् । यस्तै उनले वलीलाई सदस्यता प्रदान गरी काम कारबाहीमा संलग्न गराउन संसदीय दलका नेता कुलप्रसाद केसीलाई निर्देशन दिएका हुन् ।