काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले संसदमा विश्वासको मत लिने भएका छन् ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री अोलीले यहीं वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने जानकारी गराएका हुन् ।
दर्ता गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री अोलीले विश्वासको मत लिने निर्णय गरेका हुन् । त्यस्तै सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
संसदमा नेकपा एमालेबाट १२०, कांग्रेसका ६२, माओवादी केन्द्रका ४९ र जसपाका ३२ जना सांसद रहेका छन् ।




प्रतिक्रिया