काठमाण्डु – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले लुम्बिनी प्रदेशमा घटेको घटनाले लोकतन्त्रको धज्जी उडाएको बताएकी छन् ।
आइतबार लुम्बिनी प्रदेश सरकारबाट मूख्यमन्त्री शंकर पोखरेलको राजीनामा र त्यसपछि उत्पन्न घटनाक्रमबारे बोल्दै सांसद संग्रौलाले प्रदेश प्रमुखबाटै नियम र कानूनको धज्जी उडाउने काम भएको बताएकी छन् ।
‘लुम्बिनी प्रदेशका मुख्य मन्त्रीका पदिय स्वार्थमा प्रदेश प्रमुख समेत मुछिएर नेपालको संविधान २०७२ र त्यससंग सम्बन्धित भएर बनेका ऐन नियमहरुको समेत धज्जी उडाउने काम भयो’, उनले भनिन्, ‘जो रक्षक उहि भक्षक भएपछि कस्को के लाग्दो रहेछ ?’
प्रतिनिधिसभा सदस्यसमेत रहेकी नेतृ संग्रौललो लुम्बिनीको घटनामा संघ र प्रदेश उस्तै भएको बताएकी छन् । उनले संविधानको रक्षाका लागि जनप्रतिनिधि र जनता जाग्नुको बिकल्प नरहेको स्पष्ट पारेकी छन् ।
‘संघ र प्रदेश उस्तै उस्तै देखिए । संविधानको रक्षाका लागि अब तमाम जनप्रतिनिधि र जनता जाग्नुको बिकल्प रहेन’, सांसद संग्रौलाले भनिन् ।
उनले मुख्यमन्त्री पोखरेलको पुनः नियुक्ति अलोकतान्त्रिक रहेको बताउँदै चाँडै नै बालुवाको घर भत्के झैँ भत्किने अवस्था रहेको पनि बताइन् ।
‘मुख्यमन्त्री पोखरेलको पुनः नियुक्ति घोर अलोकतान्त्रिक छ । यो बालुवाको घर भत्के झैँ भत्किने बाला छ । एक रात पनि टिक्न नसक्ने षड्यन्त्र केपी ओली र शंकर पोखरेल दुबैले गरे । ओली गुरु शंकर चेला दुबैको मिलोमतोमा लोकत्रन्त्रको उपहास । के नेपाली जनताले टुलुटुलु हेर्लान र ?’, उनले प्रश्न गरिन् ।




प्रतिक्रिया