काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । जनता समाजवादी पार्टीले सांसदहरुलाई स्वतन्त्र छोडिदिएको छ। जसपाले विश्वासको पक्ष वा विपक्षमा मत हाल्न भनेको छैन् । जसपाले विश्वासको मत दिने वा नदिनेबारे आफ्ना सांसदहरुलाई आत्मनिर्णयको अधिकार प्रयोग गर्न भनेको हो ।
जसपा निर्णायक शक्ति भएपनि प्रधानमन्त्रीको विश्वासको मतबारे कुनै आधिकारिक निर्णय गरेको छैन । पार्टी एकता बचाउनका लागि भन्दै सांसदहरुले आफ्नो स्वविवेक प्रयोग गर्न दिइएको तर्क जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य डा.सुरेन्द्र झाको छ ।
जसपा नेपालको सांसदहरुलाई प्रधानमन्त्रीले लिने बिस्वासको मतको सन्दर्भमा दिइएको आत्मनिर्णयको अधिकार सम्बन्धमाः
१. जसपा नेपालको शीर्ष नेतृत्व के पी ओलीको बिपक्ष वा तत्तत्स्थ बस्ने सवालमा बिभाजित रहेकोले,
२. पार्टीमा शीर्ष नेतृत्वको बिच बर्तमान राजनीतिक अवस्थाको बुझाई र जसपाको प्राथमिकता बारे मतैक्यता नरहेकोले,
३. पार्टीमा शीर्ष नेतृत्वमा दुईलाइन संघर्ष नेपाल सरकार संग मुद्दा फिर्ता, राजबन्दी रिहाई, संबिधान संसोधन, नागरिकता बिधेयक, लाल आयोग सार्बजनिक लगायतको बिषयमा के पी ओली नेतृत्व सँग कुनै वार्ता गर्नै हुदैन र अर्को लाईन सकारात्मक परिणाम निस्कन्छ भन्ने किन नगर्ने ??,
४. नेपाल सरकार सँग भईरहेको वार्ता मुद्दा सम्बोधनको लागि मात्रै हो भन्ने एक पक्षको बुझाई हो भन्ने अर्को पक्ष यो सत्ता आरोहणको स्वार्थले प्रेरित हो एवं हामी छुट्छौ की भन्ने त्रास,
५. बिगतको आन्दोलनको कारन जो नेता कार्यकर्ताहरु जेलमा छन, ज–जसमाथि झूठा मुद्दा लागेको छ तिनको रिहाई एवं मुद्दा फिर्ता नेतृत्वको तत्कालको प्राथमिकता हो वा त्यो समय क्रममा आउने बिषय भन्नेमा नेतृत्वको बुझाईमा भिन्नता,
६. मधेश – थरुहटको जनताको लागि लोकतन्त्र, राज्यको अनुभूति कहाँ हुन सकेको छ ?? हाम्रो यो दुर्दशा को कारन तिनै तीन ठूला दलहरु र तिनको होईन र ? १६ बुँदे सहमति गरि संबिधान निर्माण गर्दा १० प्रतिसत मात्रै हो भनेर बा‘र्डरमा पुर्याउने र टाउको एवं छातीमा गोली ठोकनेहरु एउटै नश्ल र अनुहार हरु होइनन ?,
७. जसपा आफ्नो मुद्दा स्थापित गर्ने कि सत्ताको खेलमा लाग्ने भन्ने बिषयमा नेतृत्वको मतभिन्नता,
८. ब्यक्तिगत कुण्ठा , बदलाको भावले अगाडी बढ़ने कि त्यसबाट पाठ सिकी अनुहार भन्दा अवस्था हेरि अन्य शक्ति सँग सम्बन्ध बनाउने भन्नेमा नेतृत्वको मतभिन्नता,
९. अग्रगामी र प्रतिगामीको भास्य निर्माण , तथकथित प्रतिगामी संग लामो समय साठ गांठ गरेकोले ÷लाई अरुलाई नशिहत दिने कुचेस्टा,
१०. नेपाल सरकारले हाम्रो केहि काम हरु गरेको र अन्य एजेन्डाहरु अगाडी बढाएको तर पूरा हुनाले मत दिन नसकिने साथै बिपक्षमा जादा राजनितिक बेईमानी हुने हुँदा तटस्थ बस्ने उपर्युक्त हुने बुझाई अर्को तिर प्रतिगामी ओलीलाई हटाउने एक मात्र कार्यभार भएको ले बिपक्षमा मतदान गर्नै पर्ने सोच बिच नेतृत्वको बिच मतभिन्नता
११. यो परिस्थितिमा सांसद जीहरुलाई आफ्नो बिबेक प्रयोग गर्न दिने स्वतन्त्रता पार्टीको आन्तरिक लोकतन्त्रको परिस्कृत रूप हो ! साथै सांसद जीहरु सही निर्णय लिन सक्षम रहेको बिश्वास पनि हो !




प्रतिक्रिया