काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
दिउँसो १ बजेको प्रतिनिधिसभाको बैठक अघि सभापति देउवा र अध्यक्ष प्रचण्डबीच सिंहदरबारमा छलफल भएको हो ।
भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा अोलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।




प्रतिक्रिया