काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खुला गरिदिन आग्रह गरेका छन् ।
उनले प्रधानमन्त्रीले आफूसँग विश्वासको मत छैन् भन्ने थाहा हुँदा हुँदै पनि संसदमा विश्वासको मत माग्ने निर्णय गरेकोमा धन्यवाद दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अोलीले लोकतान्त्रिक व्यवस्था अपनाएकोमा प्रशंशा गरे । अध्यक्ष प्रचण्डले देशको राष्ट्रिय समस्या म हो कि तपाई हो ? बहस गर्न चुनौती दिएका छन् ।
‘राष्ट्रिय समस्या म हो कि तपाई हो ? बहस गरौं ? म तपाईंसँग बहस गर्न चाहन्छु,’ उनले भने, ‘मैले व्यवधान गरेको तपाईसँग यसको आधिकारिक र प्रमाणिक जवाफ छ ? तपाईंले वाम गठबन्धनलाई डे वानदेखि तुहाउन लाग्नु भयो भन्ने मेरो आरोप छ ।’
उनले संविधानमा एउटा सरकार गठन भइसकेपछि ५ वर्षसम्म काम गरोस् भनेर संविधानको धारा ७१ एक, दुई, तीन, राखिएको पनी स्मरण गरेका छन् । प्रचण्डले ३ वर्ष नपुग्दै फेरी दुश्चक्रमा फस्नाले आफू दुःखी भएको बताएका छन् ।
‘मैले देशमा अराजकता नआवस् भनेर वाम गठबन्धनको प्रस्ताव मैले राखेको हो । प्रधानमन्त्री तपाईँ नै हो भन्ने पनि म नै हो । प्रधानमन्त्रीको प्रस्ताव गर्ने पनि म नै हो,’ प्रचण्डले भने, ‘तीन वर्ष नपुग्दै कम्युनिस्ट एकता क्षतविक्ष्यत भएको छ । संविधानलाई कोरोना लागेर आईसीयूमा राखेको अवस्थाबाट गुज्रिनुपरेको छ ।’




प्रतिक्रिया