गण्डकीमा विपक्षीको बहुमत जुटेन, गुरुङ नेतृत्वको सरकारलाई नै निरन्तरता

गण्डकीमा विपक्षीको बहुमत जुटेन, गुरुङ नेतृत्वको सरकारलाई नै निरन्तरता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशमा तत्काल नयाँ सरकार बन्ने सम्भावना टरेर गएको छ । राष्ट्रिय जनमोर्चाका एक जना सांसदले हस्ताक्षर नगरेपछि नयाँ सरकार निर्माणको प्रक्रिया रोकिएको हो ।

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नयाँ सरकार निर्माणका लागि ३१ सांसद चाहिन्छ । तर, जनमोर्चाका सांसद सांसद कृष्ण थापाले हस्ताक्षर गर्न नमानेपछि नयाा सरकार निर्माणको प्रक्रिया बन्द हुने भएको हो ।

नयाँ सरकारका पक्षमा कांग्रेसका १५, माओवादीका ११, जसपाका र जनमोर्चाका दुईरदुई जना सांसद छन् ।

नेपाली कांग्रेसका सांसद विष्णु प्रसाद लामिछानेले राजमोका कारण नयाँ सरकार निर्माण प्रक्रिया अवरुद्ध भएको जानकारी दिए । राजमोका अर्का सांसद खिमविक्रम शाही नयाँ सरकार निर्माण गर्न तयार भए पनि थापाका कारण रोकिएको हो ।

हाललाई नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री बन्ने बाटो बन्द भएको छ ।

सोमबार राजमोकी सचेतक पियारी थापाले ह्वीप जारी गरेर विपक्षी दलहरुलाई समर्थन गर्न आह्वान गरेकी थिइन् । तर, ह्वीपको विरुद्धमा थापाले हस्ताक्षर गर्न नमानेका हुन् । थापाको अडानसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ ।