काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट वाईसीएलका पूर्व उपत्याका ईन्चार्ज चन्द्रबहादुर थापा सागर पक्राउ परेका छन् ।
पहिलो संविधानसभाका सभासदसमेत रहेका सागरलाई महानगरीय प्रहरी वौद्धले पक्राउ गरेको हो ।
महिलालाई दुर्व्यवहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको बौद्धका डीएसपी नविन कार्कीले जानकारी दिए ।
उनको एक महिलालाई विवाह गर्ने आश्वासन दिएको र सोही विषयमा झगडा भएको प्रहरीको भनाई छ ।




प्रतिक्रिया