देउवाको नेतृत्वमा सरकारमा जाने कांग्रेसको निर्णय

देउवाको नेतृत्वमा सरकारमा जाने कांग्रेसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकारमा जाने भएको छ ।

मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री प्रकाश शरण महतले बहुमत जुटाएर सभापति देउवाको नेतृत्वमा सरकार निर्माण गर्ने जानकारी दिए ।

आफूहरुसँग बहुमत पुग्ने दाबी गर्दै सहमहामन्त्री महतले माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा सरकारमा जाने बताएका छन् ।

त्यस्तै बैठकले जसपालाई एक ठाउँमा ल्याउन अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव समूह नयाँ सरकारका विषयमा विभाजित भएको छ ।

ठाकुर समूहले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने स्पष्ट पारेको छ भने यादव समूहले कांग्रेसको नेतृत्वमा सरकारमा जानुपर्ने बताएको छ ।