काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान र पूर्व प्रधानमन्त्री वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकारको प्रस्ताव अगाडि सारेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार विहान ट्वीट गर्दै अहिले पक्ष विपक्षमा बाँडिनेभन्दा संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागितामा नयाँ सरकार बनाउनुपर्नेमा जोड दिएका छन् । देशको संकट हल गर्न उनले चार वटा प्रस्ताव पनि अगाडि सारेका छन् ।
भट्टराईले सबै दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरु रहेको निर्देशक समिति बनाउनुपर्ने र त्यसले देशमा विद्यमान संकट समाधानका लागि साझा कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
उक्त निर्देशक समितिले साझा न्यूनतम् कार्यक्रमहरु कोभिड नियन्त्रण, शान्ति तथा मेलमिलाप/मुद्दा, संविधान संशोधन र आर्थिक राहत लगायतका कार्यक्रम लागू गर्नुपर्ने प्रस्तावसँगै आगामी एक वर्षभित्र निर्वाचनमा जानुपर्ने बताएका छन् ।
देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!
— Baburam Bhattarai (@brb1954) May 12, 2021




प्रतिक्रिया