काठमाण्डु – राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभा संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार गठनमा आफू तटस्थ रहेको स्पष्ट पारेका छन् ।
बुधबार प्रदेश प्रमुखलाई पत्र पठाउँदै सांसद थापाले आफू सरकार निर्माणको विषयमा तटस्थ रहेको जानकारी गराएका हुन् ।
उनले आफू कामको सिलसिलामा बागलुङमा रहेको अवस्थामा गैरसंवैधानिक र गैरकानुनी रूपमा कीर्ते गरी कारबाही गरेको भन्दै उनले दलको नेतामा अरूलाई दाबी पेस नगर्न पनि आग्रह गरेका छन् ।





प्रतिक्रिया