काठमाण्डु – सरकारले अक्सिजन आपूर्तिमा अस्पतालहरुमा लगाएको कोटा प्रणाली खारेज गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै कोटा सिस्टम खारेज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले सबै अक्सिजन उत्पादक उद्योगहरुलाई सम्बोधन गर्दै अस्पतालहरुमा साविककै नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको हो ।
काठमाण्डु उपत्यकाका अक्सिजन उद्योगहरुबाट अस्पतालमा अक्सिजन सप्लाई गर्दा सरकारले कोटा सिस्टममा वितरण गर्ने व्यवस्था गरेपछि सरकारी अस्पतालहरुमा समेत अक्सिजन अभावको अवस्था देखिएको थियो । अस्पतालहरुले अक्सिजनको अभावमा बिरामी भर्ना नलिने जनाएका थिए ।
सिसिएमसीको बैठकले निर्णय गरि लागु गरेको कोटा सिस्टमबाट झनै अक्सिजनको हाहाकार भएपछि सिसिएमसीले गर्दै आएको अक्सिजन वितरण प्रणालीलाई व्यवस्थित गर्ने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पाएको छ ।





प्रतिक्रिया