ओली र नेपालबीच सिंहदरबारमा भेटवार्ता सुरु

ओली र नेपालबीच सिंहदरबारमा भेटवार्ता सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच भेटवार्ता सुरु भएको छ ।

बिहीबार बुढानिलकण्ठमा भेटवार्ता गरेका प्रधानमन्त्री ओली र नेता नेपालबीच आज पनि सिंहदरबारमा भेटवार्ता सुरु भएको हो । आजको भेटवार्तामा दोस्रो तहका नेताहरुपनि सहभागी छन् ।

बिहीबार दुवै नेताबीच पार्टीभित्र देखिएका समस्या समाधानका लागि कार्यदल गठन गने सहमति भएको थियो । सोहीअनुसार ९ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट रहेका छन् ।

नेपाल समूहले आफूहरु अनुपस्थित गत फागुन २८ को केन्द्रीय कमिटीका निर्णय फिर्ता गर्न र २०७५ जेठ २ गतेका अवस्थाका स्थितिमा पार्टीलाई फर्काउन माग गर्दै आइरहेको छ ।